भारतमा संक्रमित संख्या बढ्दोक्रममा, हालसम्म ३ करोड २५ लाख बढी संक्रमित

ind

नयाँदिल्ली । नेपालको छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हालसम्म संक्रमितको संख्या ३ करोड २५ लाख ११ हजार ३७० पुगेको छ ।

ताजा अवस्थामा भारतमा ३ लाख २८ हजार ९५६ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ७३७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ७८८ पुगेको छ ।

Comments

Top