बिहे गर्न नसकेकी केकीको पीडा

keki1काठमाडौं । नायिका केकी अधिकारीले अभिनय गरेको ‘खेलौना हैन म’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा केकीले अहिलेसम्मकै दमदार भूमिकामा अभिनय गरेकी छिन् ।

 जीवनमा आफूले रोजेको पुरुषसँग विवाह गर्न असमर्थ केकीले भोग्नु परेको अप्ठ्यारो र पाएको धोकालाई जीवन्त शैलीमा निर्देशक युबराज वाइबाले सामान्य कथा तर गम्भीर विषय सहित उठान गरेका छन् । जसमा केकीलाई मोडल अनिल थापाले अभिनयमा साथ दिएका छन् । गायक संजय तुम्रोकले आफ्नो जीवनमा नै सर्वा्धिक अपेक्षा गरेको भनिएको गीतका शब्द गीतकार डिपी खनालका हुन् । चोक गुरुगंले संगीत भरेको गीतको छायांकन उत्सब दाहालले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । भिडियोलाई भाईब्स क्रियशनले बजार ब्यबस्थापन गरेको छ ।

Comments

Top