अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

rechha

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । पहिला सन्तानका रुपमा उनले छोरालाई जन्म दिएकी हुन् ।

ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।

ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।

ऋचाले आज राति अस्पतालमा छोरालाई जन्म दिएको जनाइएको छ ।

Comments

Top