एमाले सांसदको नाराबाजीपछि संसद बैठक स्थगित, संसद भवन पुगे अध्यक्ष ओली

parilament

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन् । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

एमालेको सांसदहरुको नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका थिए । प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ । एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद भवन पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित