आईसीसी विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले टस जितेर ब्याटिङ गर्दै, बिक्रमले झारे १ विकेट

us
 
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार नेपाल र अमेरिका भिड्दैछन् । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । दिवा रात्री खेलमा नेपालले यसअघि पपुवा न्युगिनी (पीएनजी)विरुद्धकै सुरुवाती–११ खेलाउने निर्णय लिएको हो । नेपालका लागि बिकम सोबले १ विकेट हात पारेका छन् ।

नेपाल, अमेरिका र ओमान सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रंखला सोमबारबाट सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र अमेरिका भिड्न लागेका हुन् । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ । 

नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भावना रहन्छ । त्यसैले नेपाली टोलीको ध्यान नै अमेरिका र ओमानलाई पराजित गर्दै तालिका सुधार गर्ने हुनेछ । 

यसअघि नेपाली टोलीले लिग–२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण श्रृंखला खेलेको थियो । नेपालले दुबै श्रृंखला आफ्नो पक्षमा पारेको थियो । 

लिग–२ को शृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी उपलब्ध हुने छैनन् । खुट्टाको चोटका कारण उनले श्रंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

नेपालले चार खेलमा दुई जित र दुई हारसहित ४ अंकका साथ छैटौ स्थानमा छ । ओमान १० खेलमा आठ  जित र दुई हारसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ जित र ६ हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । 

नेपालीको सुरुवाती ११ जनामा ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित