इनरह्वील क्बल महालक्ष्मीले बालदिवसमा बालबालिकालाई घुमायो वनडे थ्रीडी आर्ट म्युजियम

Art

ललितपुर । विश्वका १०४ मुलुकमा सञ्जाल रहेको र विश्वका करिब १ लाख ९० हजार सदस्यता रहेको महिला सहभागितामा आधारित गैरनाफामूलक सामाजिक संस्था इनर ह्वील क्बलको नेपालस्थित इनरह्वील क्लब महालक्ष्मी ललितपुर क्लब नं. ६८६६ डिस्ट्रिक ३५० नेपालले बालदिवसको अवसरमा पारेर मंगलबार न्यू नेपाल सोसाइटी सेन्टरमा आश्रीत बालबालिकाहरुलाई नेपालकै पहिलो थ्रीडी आर्ट म्युजियम वनडे थ्रीडी आर्ट म्युजिम भ्रमण गराएको छ ।

बाल दिवसको अवसर पारेर क्बलको उद्देश्यअनुसार नै बालगृहमा आश्रित बालबालिकालाई म्युजियम भ्रमण गराएको क्लबकी प्रेसिडेन्ट संगीता सिलवालले बताइन् । क्लबले बालगृहमा आश्रित ३२ जना बालबालिकालाई भोजनसहितको भ्रमणको कार्यक्रम गरेको र वनडे थ्रीडी आर्ट म्युजियम घुमेपछि बालबालिकाको मुहारमा छाएको खुशीले आफूहरुलाई पनि खुशीको अनुभूति गराएको क्लबकी भाइस प्रेसिडेन्ट मुना दाहालले बताइन् ।

लामो समयदेखि सामाजिक काममा लाग्दै आएको क्लबले विगतमा पनि वृक्षारोपण, दुःखी तथा गरिबहरुका लागि भोजनको व्यवस्थालगायतका कार्य गर्दै आएको छ ।

क्लबकी सचिव रिया क्षेत्री, कोषाध्यक्ष सजना ढकाल, इडिटर रमिला खड्काका साथै क्लबका सदस्यहरु उषा बुढाथोकी, प्रेरणा गुरुङ, संगीता खड्का ,निशा श्रेष्ठलगायतले थ्रिडी आर्ट म्युजिमको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा नेपालकै पहिलो थ्रीडी आर्ट म्युजियम वनडे थ्रीडी आर्ट वल्र्डका तर्फबाट व्यवस्थापन संयोजक मन्नु विष्ट र रिना बुढाथोकीले इनरह्वील क्लब महालक्ष्मीको यो कार्यक्रमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भ्रमणमा सहभागी बालबालिकाहरुलाई थ्रीडी आर्ट कलाका बारेमा जानकारी समेत दिएका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

Comments

Top