प्रतिनिधिसभा बैठक आज बस्दै, बजेट निर्णयार्थ प्रस्तुत गरिँदै

samsad

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि आइतबार नै कार्यसूची सार्वजनिक गरिसकेको छ ।

आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले बैठक अघि वढ्ने सम्भावना कम छ ।

सत्तारुढ गठबन्धनका दलहरुले भने आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्। प्रतिनिधिसभाको बैठक यसअघि भदौ २९ मा बैठक बसेको थियो ।

Comments

Top