नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह काठमाडौंमा

manjiv singhकाठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह आज काठमाडौं आइपुगेका छन् । शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दुतावासले जानकारी दिएको छ । निवर्तमान राजदूत रणजित रे कार्यकाल पुरा गरी दिल्ली फर्किए पछि नयाँ राजदुतको रुपमा उनी आएका हुन् । उनले सोमबार नै राजदूत सिंहले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ । राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन् । रणजित रे भारत फर्किएपछि भारतीय दुतावास उपप्रमुख विनय कुमारले सम्हाल्दै आएका थिए ।

Comments

Top