पञ्चशील बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति

panchasil

ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाले सहकारी विभागको निर्देशन  अनुसार विद्युत्तिय माध्यममार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले संचालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८/०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नु भएको थियो । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि. को आर्थिक वर्ष ०७७/०७८ मा शेयर पूँजी तर्फ रु १४ करोड ७६ लाख १८ हजार ७ सय कायम हुन गएको छ ।

यस संस्थाले बचत (निक्षेप) तर्फ रु १ अर्ब ७४ करोड ५० लाख ९ हजार १ सय ३४ रुपैँया ८७ पैसा संकलन गरेको छ भने संस्थाले वार्षिक कारोबार २ अर्ब ६७ करोड ६२ लाख ९७ हजार ८ सय ९९ रुपैँया ९५ पैसा पुर्याउन सफल भएको छ । त्यसै गरी संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा रु २३ करोड ४३ लाख ४१ हजार ४ सय २० रुपैँया २९ पैसा रहेको छ ।

संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष खतिवडाले जानकारी दिए । संस्थाले गत आ.व.०७७÷०७८ मा रु ६ करोड ५४ लाख ७० हजार १ सय ३८ रुपैँया २५ पैसा खुद नाफा आर्जन गरेको छ ।

यस संस्थाले आ.व. ०७७/०७८ मा १ करोड ८९ लाख ८१ हजार ५ सय ३५ रुपैँया ५१ पैसा आयकर तथा अन्य विभिन्न शीर्षकहरुमा राजस्वमा योगदान गरेको छ । संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सिप मुलक तालिम दिने, अन्र्तक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ । सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रवीधिमुलक कारोवारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले गत आ.व. २०७७/०७८ देखि  आफ्नै संस्थागत भवनबाट शुल्क रहित ए.टि.एम.को सुविधा दिईरहेको अध्यक्ष खतिवडाले कार्यक्रममा जानकारी गराए ।

संस्थाले खरिद गरेको नयाँ भवन पीएमसीएल टावरको संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले उद्घाटन गरेका थिए । राज्यको तिन खम्बे अर्थनीति मध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ संस्था अगाडि बढिरहेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई अझ सहज ढंगले सेवा सुविधा दिने उद्देश्यका साथ आ.व. ०७७/०७८ को अन्त्य देखी ललितपुर ,चापागाँउमा पाँचौ सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

संस्थाले आ.व. ०७७/०७८ मा आफ्नो सदस्यलाई १८५ शेयर लाभान्स प्रदान गर्न सफल भएको छ ।

आ.व. ०७६/०७७ मा कोभिड–१९ का कारणले स्थगीत भएको संस्थाको संचालक र लेखा समितिको निर्वाचन कार्यक्रमलाई  यस आ.व. ०७७/०७८ मा  निर्वाचन सम्पन्न गरेको छ ।

निर्वाचित संचालक समितिमा अध्यक्ष अशोक बज्राचार्य, उपाध्यक्ष देबेन्द्र प्र. श्रेष्ठ, सचिव घनश्याम धमला,  कोषाध्यक्ष राम प्र. गिरी  , सदस्य जीवन देवी शाक्य , सदस्य राजेन्द्र शाक्य, सदस्य भोलानाथ ढुङ्गाना निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ । लेखा तथा सुपरीवेक्षण समितिमा संयोजक शेषराज दाहाल, सदस्यमा रामप्रसाद निरौला र सदस्य रुपेश भट्टराई निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित