साफ च्याम्पियनसिपः नेपाल र श्रीलंका आज भिड्दै

saff

काठमाडौं । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल राति ९ः४५ बजे हुनेछ ।

नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् । तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपालले श्रीलंकालाई पनि पराजित गर्न सके, फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ ।बंगलादेशसँग पहिलो खेल हारेको श्रीलंका पहिलो जितको खोजिमा छ।

साफ च्याम्पियनसिप इतिहासमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म ५ खेल भएको छ ।त्यसमध्येएकखेलमा मात्र नेपाल विजयी छ ।नेपालले अन्तिमपटक सन् १९९९को साफ च्याम्पियनसिपमा श्रीलंकालाई हराएको थियो ।

श्रीलंकाको पक्षमा ३ जित छ भने १ खेल बराबरीमा टुंगिएको छ । सन्२०१५को केरला साफमा नेपालले पछिल्लोपटक श्रीलंकाको सामना गरेको थियो । सो खेल श्रीलंकाले १–० को जित निकालेको थियो ।

साफ अन्तर्गत नै सोमबार हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित