लाइसेन्स लिने सोचमा हुनुहुन्छ, ६ महिनापछि यसै सातादेखि खुल्ने भयो आवेदन

yatayat

काठमाडौं । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउने भएको छ । विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खोल्ने भएको हो।

दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ। यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए। उनका अनुसार यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा हुँदैछ।

यसैबीच आवेदन भने लिएर राखिन लागेको हो। काठमाडौं जिल्ला बाहिर भने आवेदन लिएसँगै लिखित र ट्रायल पनि हुने सम्भावना उच्च छ। विभागले यतिबेला ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ।

Comments

Top