प्रधानन्यायधीश ‘सेटिङ’ अनुसार चलेको भन्दै महाअभियोग लगाउन वरिष्ठ अधिवक्ताहरुको माग

 setingकाठमाडौं ।  प्रधानन्यायधीश सुशीला कार्कीले प्रहरी महानिरीक्षक नियुक्तीका विषयमा परेको रिट लगायत उक्त पदबाट गर्ने अधिकांश काम विधि विधान र संविधान विपरित गरेको भन्दै  महाअभियोग लगाउन वरिष्ठ अधिवक्ताहरुले माग गरेका छन् ।

 सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगको एक दर्जनभन्दा बढि वरिष्ठ अधिवक्ताहरुले आईजिपीको विषयमा परेको रिटमा गठन भएको इजलाश ‘सेटिङ’ अनुसार गरेको भन्दै कार्कीलाई महाअभियोग लगाउन माग गरेका हुन् ।

 महान्यायधीवक्ता रमणकुमार श्रेष्ठ, पूर्वमहान्यायधीवक्ता सुशील पन्त र मुक्ति प्रधान, कांग्रेस निकट डिएलएका अध्यक्ष भरत खेरल र पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु सतिशकृष्ण खरेल, नेपाल बार एसोसिएसन सर्वोच्च अदालतका अध्यक्ष शैलेन्द्र दाहाल, नेपाल बारका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्बाबहादुर खाती लगायत दर्जन वकिलहरुले प्रधान न्यायधीशले सर्वोच्च अदालतमा ऐन/कानुन कुल्चिएर स्वइच्छाचारिता लागु गरेको भन्दै महाअभियोगको माग गरेका हुन् ।

 देउवासँगको भेटमा महान्यायधीवक्ता श्रेष्ठले प्रधानन्यायधीश आफ्नो पदिय मर्यादा बाहिर बसेकाले माहाअभियोग लगाउनु पर्ने धारणा राखेका थिए ।‘प्रधानन्यायधीशले कानुन र विधि विधान विपरित आईजिपी मुद्दामा पटक पटक एउटै न्यायधीशलाई दोहोराएकी छन्’ श्रेष्ठले देउवासँग भने, ‘तीन अन्तरिम आदेश दिने न्यायधीशले हेर्न नमिल्ने गरी आईतबार पूर्ण इजलाश गठन भएको छ, यसमा पहिलानै सेटिङ भएको पुष्टि भएको छ। त्यसैले अव महाअभियोगमा जानु पर्छ ।’नेपाल बारमा महासचिव खम्बाबहादुर खातीले पनि प्रधान न्यायधीशको कार्यशैली संविधान र ऐन कानुन विपरित भएको भन्दै माहाअभियोगमा जानु पर्ने बताएका थिए ।

  अर्का वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि कार्कीले सेटिङ मिलाएर बेञ्च गठन गरेको र पटक पटक मुद्दामा वादीसाग भेट गरेको फोटो सार्वजनिक भएकाले अव महाअभियोगमा जानु पर्ने धारणा राखेका थिए ।

  उनीहरुले सर्वोच्चमा आज हुने बहशमा सहभागि नहुने धारणा पनि सभापति देउवालाई सुनाएका थिए । वकिलहरुसँगको भेटपछि देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार गएका छन् ।उनीहरुले आईजिपी मुद्दमा विवादमा तानिएका प्रधान न्यायधीश कार्की, न्यायधीशहरु हरिकृष्ण कार्की, तेजबहादुर केसी र इश्वरप्रसाद खतिवडालाई पनि महाअभियोग लगाउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित