विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० लाख नाघ्यो

world-corona
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० लाख नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५० लाख ३ हजार ९०१ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ५५३ संकमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३५ र रुसमा एक हजार १६३ जना छन् ।

हालसम्म कोरोनाका कुल संक्रमितको संख्या २४ करोड ६७ लाख २० हजार २२० छ भने तीमध्ये २२ करोड ३५ लाख ११ हजार ९७७ जना निको भइसकेका छन् ।

 

Comments

Top