बैंकको जागिरको खोजीमा हुनुहुन्छ ?  राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८३५ कर्मचारी (सूचनासहित)

loksewa

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगमार्फत् आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ।

आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आइतबार आवेदन खुला गरेको हो।

अनलाइन आवेदन सोमबारदेखि भर्न सकिन्छ। २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो।

यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा आयोगले निकालेको छ। लिखित परीक्षा भने आयोगले सञ्चालन गर्नेछ। परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ।

अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ। मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ।

सूचनाः

MN_Banijya

Comments

Top