विश्वभर ३ लाख २५ हजार संक्रमित थपिए, ४ हजार ५६० को मृत्यु

world-corona

काठमाडौं । पछिल्लो २४ घण्टमा  विश्वभर ३ लाख २५ हजार ६१० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै रुसमा ४० हजार ९९३, बेलायतमा ३८ हजार ९, टर्कीमा २३ हजार ९४८,अमेरिकामा १९ हजार ९५८, भारतमा १२ हजार ९३५ र ब्राजिलमा ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको ओल्डोमिटरको तथ्यांकमा उल्लेख गरिएको छ ।

यही अवधिमा २ लाख ५६ हजार ९२३ कोरोनामुत्तm भएका छन् । बेलायतमा ३० हजार, रुसमा २७ हजार, टर्कीमा २६ हजार, अमेरिकामा १८ हजार, भारतमा १३ हजार र ब्राजिलमा ४ हजार बढी निको भएका हुन् ।

यस्तै ४ हजार ५६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा एक हजार १५८, भारतमा २५१, टर्कीमा २०१, अमेरिकामा १६२, ब्राजिलमा ९६ र बेलायतमा ७४ जनाको मृत्यु भएको छ ।

Comments

Top