सत्ता साझेदार तीन शीर्ष नेताबीच भेटवार्ता

Deuab-mp

काठमाडौं । सरकार सञ्चालनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा समसामयिक वर्तमान अवस्थाको बारेमा छलफल भएको जनाइएको छ।

छलफलपछि गठबन्धनको बैठक बोलाइएको जनाइएको छ । साँझ ५ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश प्रकरण लगायत अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।

Comments

Top