आज उपत्यकाका यी ठाउँमा गरिँदैछ विद्युत् कटौती

Electricity

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) काठमाडौं उपत्यकाका विभिन्न पाँच ठाउँमा विद्युत कटौती गर्ने भएको छ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै कीर्तिपुर, सुकेधारा, नागार्जुन, तारेभिर र मच्छेगाउँमा केहिबेर विद्युत अवरुद्ध हुने जनाएको हो।

प्राधिकरणका अनुसार कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, टि।यु, चोभार, पाँगा, टौदह क्षेत्रमा दिउँसो १ बजेदेखि ५ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।

यस्तै सुकेधारा फिडर अन्तर्गत मण्डिखाटार, एकतावस्ती, न्यु कोलोनीलगायतका क्षेत्रमा १२ बजेदेखि ५ बजेसम्म विद्युत अवरोध हुनेछ।

यस्तै नागार्जुन फिडर अन्तर्गत एम।टि।सि।, ज्ञानमन्दिर, बोहोराटार, टौडोल, रानीवन प्लानिङ, खरिबोट, जनजागृति, नर्सिङ क्याम्पस, कृष्ण मन्दिर, नर्सरीचोकलगायत क्षेत्रमा ११ बजेदेखि १ बजेसम्म बत्ति जाने भएको छ।

Comments

Top