चमेरो चौतारी तथा चमेरो सभाहल संचालनमा आउने

Chamero Chautari

भक्तपुर । 

चमेरो सहकारीद्धारा निर्मित चमेरो चौतारी तथा चमेरो सभाहल संचालनमा आउने भएको छ । अब्यबस्थित बस्ती बिकास र तिब्र शहरीकरणका कारण सहकारीको केन्द्रीय कार्यलय रहेको सुर्यबिनायक -२ बालकोटको बालकोट चोकमा खुल्ला क्षेत्र एबम् शान्त बाताबरण सहितको स्थानको कमी हुँदै गएकोले सहकारीले चमेरो चौतारी तथा चमेरो सभाहल संचालन गर्न लागेको संस्थाका  संचालक भिमसेन श्रेष्ठले बताए ।

बालकोट चोकमा १५० ब्यक्ति क्षमताको चमेरो चौतारी तथा ५० ब्यक्ति क्षमताको चमेरो सभाहल संचालनमा आएसँगै उक्त स्थानमा साना तथा मझौला सभा-सम्मेलन, कोणसभा तथा समारोह, मिटिड तथा सेमिनार, बार्षिक साधारण सभा संचालनको लागि सहज हुने समेत संचालक श्रेष्ठले बताए ।nउनका अनुसार सहुलियत दरमा संचालन हुने चमेरो चौतारी तथा चमेरो सभाहलमा आबश्यकता अनुसार सम्पूर्ण ब्यबस्था समेत गरिने छ ।

 

Comments

Top