निर्माणसँग गरिन् प्रविशाले विवाह 

prabisha1637480786
लामो समय देखि प्रेममा रहेका गायिका प्रविशा अधिकारी र निर्माण सिटौला बिबाह बन्धनमा बाधिएका छन् । प्रविशा र निर्माण केही समयदेखि प्रेममा थिए । २ मंसिरमा उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।

अमेरिकामा बस्ने निर्माण र प्रविशाबीच सामाजिक सञ्जालबाटै चिनजान भएको थियो । प्रविशालाई निर्माणको परिवारले नै विवाहको प्रस्ताव गरेका थिए । राम्रो परिवारबाट प्रस्ताव आएकाले विवाह गर्न राजी भएकी प्रविशाले बताएकी थिइन् ।

झण्डै डेढ दशकदेखि गायनमा सक्रिय प्रविशाले धेरै सफल गीतमा आवाज दिएकी छिन् । पछिल्लो समय उनी ुद भ्वाइस अफ किड्स नेपालको कोच समेत बनेकी छिन् ।

Comments

Top