एमाले महाधिवेशनः भट्टराईद्वारा उम्मेदवारी घोषणा, सचिवमा बस्नेत र भट्टराईको भिडन्त

yogesh

चितवन । नेकपा एमालेको सचिवमा योगेश भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । यससँगै एमाले सचिवका लागि युवा नेता महेश बस्नेत र योगेश भट्टराईबीच टक्कर हुने भएको छ । गत नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका भट्टराईले यसपटक पनि सचिवमै पुनः उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

महाधिवेशनका लागि चितवन आइपुगेका भट्टराईले भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गरेर निर्णय लिने बताए ।

‘अरु प्रतिनिधि पनि आउँदै हुनुहुन्छ। उहाँहरुसँग पनि सल्लाह गर्नुपर्छ। मेरो आशय तपाईंहरुले बुझिरहनुभएको छ। लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। यसपटक चौतारीमा बस्ने हो, सचिवमा भन्ने मेरो सोचाइ छ,’उनले भने।

यसअघि युवा नेता महेश बस्नेतले पनि १० दाबीसहित एमाले सचिवका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

Comments

Top