एमाले अध्यक्ष ओली चितवनमा

oli-chitwan

काठमाडौं । १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन आइ पुगेका छन् ।

उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार साढे १ बजे भरतपुर विमानस्थलमा आइपुगेका हुन् ।

भरतपुर पुगेपछि ओली एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिए ।

Comments

Top