जाजरकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु, २५ घाइते

Accident

जाजरकोट । नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका—१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।

२५ जना घाइते भएका छन् ।

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

Comments

Top