दोलखामा सुतेकै अवस्थामा ५ दिने नाबालकसहित ३ काे मृत्यु

Death

चरिकाेट । दोलखामा एकै परिवारका तीनजना मृत फेला परेका छन्। बुधबार बिहान तामाकोसी गाउँपालिका–२ झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

२७ वर्षीय श्याम तामाङ, उनकी २५ वर्षीया श्रीमती अम्बिका र ५ दिने नाबालक छोरा मृत अवस्थामा आफ्नै घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले बताए।

५ दिनकी सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन कोइला बालेर सुतेका उनीहरुको धुँवाले निसास्सियर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घरमा बिहानसम्म कोही नउठेपछि छिमेकीले बोलाउन जाँदा उनीहरू मृत अवस्थामा फेला परेको डिएसपी रिजालले बताए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुगिसकेको छ।

घटनाको विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको कारण थाहा हुने डिएसपी रिजालको भनाइ छ।

 

Comments

Top