भारतमा बढे ओमिक्रोन संक्रमित, अहिलेसम्म ४२२ जनामा पोजेटिभ

Omi_India

नयाँ दिल्ली । भारतमा कोभिडनको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४२२पुगेको छ । संक्रमितमध्ये सवैभन्दा बढी महाराष्ट्रका छन् ।

सरकारलेकोभिडविरुद्ध अग्रमोर्चामा खटिएका र ६० वर्षमाथिका बृद्धबृद्धालाई बुस्टरडोज दिने तयारी गरेको छ । 

महाराष्ट्रमा १०८ जनामा नयाँ भेरियन्ट देखिएको छ । केन्द्रीय स्वास्थ्यमन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमित ४२ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै, दिल्ली र गुज्रातमा क्रमशः ७९ र ४३ जनामा ओमिक्रोन देखिएको छ ।दक्षिणी तेलंगना राज्यमा ४१ जना र केरलामा ३८ जनामा ओमिक्रोन देखिएको छ ।  

ओमिक्रोन संक्रमितमध्ये धेरैले कोभिड खोप लगाएको बताइएको छ ।

Comments

Top