'सैफ अलीसँग विवाह नगर्न ठूलो दबाब '

karinaमुम्बई । बलिउड अभिनेत्री करीना कपूरले छोरो जन्मिएपछि फिल्ममा खेल्न तयार गरिरहेकी छिन् । उनीद्वारा अभिनित फिल्म शुटिङको तयारीमा छ । हालै एउटा ब्राण्डको प्रमोशन कार्यक्रममा करीना पूरै अवधि बसेर आफूलाई सोधिएका जिज्ञासाहरूको खुलेर जवाफ दिइन् । पत्रकारहरूले पनि करीनालाई निजी जीवनका विषयमा धेरै कुरा सोधेका थिए । कुराकानीका क्रममा करीनाले सैफ अली खानसँग विवाह गर्ने क्रममा धेरै व्यक्तिले विरोध गरेको बताइन् । ती शुभचिन्तकहरूले सैफ अलीसँग विवाह गरेर धोका हुने सुझाव दिएको उनले खुलाइन् । ‘म जे गर्छु सबै अन्तरमनबाट गर्ने गरेकि छु’, करीनाले भनिन्, ‘केही व्यक्तिले मलाई सैफ अली खानसँग विवाह नगर्ने सल्लाह दिएका थिए । किन कि त्यस समयमा म आफ्नो करियरको उचाइँमा । तर मैले मेरो अन्तरआत्माको कुरा सुने । सैफसँग विवाह गरे । मेरो फिल्मी करियरमा विवाहको कुनै फरक परेको छैन ।’ करीनाले अगाडि भनिन्, ‘म सधैँ निजी जीवन, मेरा नातेदार र फिल्मका बारेमा खुलेर कुरा गर्ने गरेकी छु । मसँग लुकाउने कुरा केही पनि छैन । शायद यही कारणले मलाई धेरैले मन पराउँछन् ।’ आफूलाई एक खुला किताबको संज्ञा दिएकी अभिनेत्री करीनाले भनिन्, ‘म व्यक्तिगत कुरा केही पनि लुकाउँदिन र लुकाउने कुरामा विश्वास पनि राख्दिन ।’ आफ्ना पति सैफ अली खानको फिल्म ‘रंगून’को असफलतामा टिप्पणी गर्दै करीनाले भनिन्, ‘विशाल भारद्वाजको फिल्म कलाबाट प्रेरित हुन्छन् । उनका फिल्म एक खास किसिमका दर्शकका लागि हो ।’ अभिनेत्री करीना छिट्टै रीया कपूरको फिल्म ‘वीर दी वेडिंग’मा देखिने छिन् । फिल्ममा करीनाका साथै सोनम कपूरको पनि मुख्य भूमिका रहनेछ । फिल्मको शूटिंग दुई महिनापछि हुनेछ । – एजेन्सी

Comments

Top