काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २४१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८९७ नमूना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै गत २४ घन्टामा देशभर २२८ जना कोरोनामुक्त भएका छन् भने कोरोना संक्रमणबाट कसैको पनि ज्यान गुमेको छैन ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ५६ हजार १ सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
अहिलेको अवस्थामा नेपालमा ४ हजार ८ सय ७१ जना सक्रिय संक्रमित संख्या रहेको पनि मन्त्रालयले जनाएको छ ।
Comments