सरकारलाई दिएको समर्थन फिर्ता, दुई दिन मधेस बन्दको आह्वान

bandamकाठमाडौं।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई दिने मधेस बन्द आह्वानका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सप्तरी जिल्लामा चार जनाको ज्यान जाने गरी भएको घटनाका विरोधमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

 मधेसी मोर्चाको काठमाडौंको तीनकुनेमा सोमबार साँझ बसेको आकिस्मक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयको पत्र मंगलबार सभामुखलाई भेटेर बुझाउने निर्णय गरेको हो ।

  सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु  भएको भन्दै मधेसी मोर्चाले घटनाको कडा शब्दमा निन्दा गर्दै २४ र २५ गते दुई दिन मधेस बन्दको आह्वान गरेको छ ।

Comments

Top