यसरी हुँदै छ होली हंगामा

holi-1काठमाडौं । फागु पूर्णिमा अर्थात होली  पर्व आउन अब केही दिन मात्रै बाँकी छ । रङ र विजयको पर्व होली भन्ने वित्तिकै मनमा अनौठो उत्साहको सञ्चार हुन्छ । होली पर्व तराईंदेखि पहाडसम्म हरेकले उत्साहपूर्वक मनाउने गर्छन् । सहरमा होलीका संकेतहरु देखिन सुरु भइसकेका छन् । पछिल्लो समय होलीलाई अझ उत्साहपूर्वक संस्थागत रुपमै मनाउने चलन बढ्दै गएको छ । हरेकले अनेक कार्यक्रम आयोजना गरेर मनाउने चलन नै बनिसकेको छ । यस क्रममा फलो फोकसले यस वर्ष पनि होली पर्व धुमधामका साथ मनाउने भएको छ अघिल्ला वर्षहरु झैँ यस वर्ष पनि फलो फोकसले होली पर्वलाई विशेष मनोरन्जनात्मक कार्यक्रम गरि मनाउने फलो फोकसकी निर्देशक मनिता ढुंगेलले बताइन । अघिल्लो वर्ष फलो फोकसले आयोजना गरेको होली हंगामा कार्यक्रममा बाबु बोगटी, यश कुमार, डिजे नेवाले दर्शकलाई नचाएका थिए । यस वर्ष भने मार्च १२ मा नक्साल ब्यंक्वीटमा आयोजना हुने कलर क्यार्निभल सिजन २ कार्यक्रमका आकर्षण रहेका छन् गायक नविन के भट्टराई, सन्देश श्रेष्ठ, अन्जिल रेग्मीलगायत कलाकार ।

Comments

Top