एजुकेशन पार्क अष्ट्रेलियन शैक्षिक मेला हुँदै ,विद्यार्थीलाई विशेष अफर

edunकाठमाडौं  । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यका साथ बृहत 'एजुकेशन पार्क अष्ट्रेलियन शैक्षिक मेला' हुने भएको छ ।

 आगामी २६ र २७ गते अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी सिभिल मलको छैठौं तल्लामा अवस्थित फुड कोर्टमा शैक्षिक मेलाको आयोजना गरिएको हो ।

 एजुकेशन पार्कको सक्रियतामा हुन लागेको शैक्षिक मेलामा अष्टेलियन शिक्षासँग सम्बन्धित २० भन्दा बढी विश्वविद्यालय, कलेज तथा संघसंस्था सहभागिता रहने छ । एजुकेशन पार्कका अध्यक्ष भुपेन्द्र सिटौला(निरज) का अनुसार अष्ट्रेलिया जान चाहने विद्यार्थी र अभिभावकले यस मेलाबाट सत्य र सही सूचना प्राप्त गर्न सक्ने छन् ।

 अष्ट्रेलियाको शिक्षा  गुणस्तरीय भएकाले मेलामा धेरै विद्यार्थीले सहभागिता जनाउने आयोजकको  भनाइ छ । विदेश पढ्न जान चाहने विद्यार्थीका लागि यस्ता शैक्षिक मेलाको धेरै आवश्यकता छ । शैक्षिक मेलामा अष्ट्रेलियाका राम्रा विश्वविद्यालयका प्रतिनिधिको समेत सहभागिता रहनेछ । जसका कारण विद्यार्थीले अष्ट्रेलिया अध्ययन सम्बन्धि धेरै जानकारी लिने मौका पाउँछन् ।

 वास्तवमा यो फेयर विद्यार्थीका लागि विशेष अफर  रहेको पनि सिटौला वताउँछन् । मेला बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ । शैक्षिक मेलामा अन्तराष्ट्रिय स्तरका संघ संस्थाका प्रतिनिधिसँग नेपाली विद्यार्थीले निःशुल्क भेट्न पाउने छन् । एजुकेशन पार्क एजुकेशन कन्सल्टेन्सी अष्ट्रेलिया शिक्षाका लागि नेपाल मै अग्रणी परामर्शदाता शैक्षिक संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित