समलिंगी भूमिकामा पल शाह

Pal shah

काठमाडौं । समलिंगी प्रेम सम्बन्ध, बिहे अनि समाजले हेर्ने दृष्टिकोण लाई  जीवन्त रूपमा प्रस्तुत गरिएको सामाजिक सन्देश बोकेको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ । यस गीतमा युवा पुस्ताकि चर्चित गायिका रचना रिमालको सुमधुर  स्वर सुन्न सकिन्छ । 

गीतमा शब्द अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको रहेको छ।  दिप घतानीले संगीतवद्द गरेको यस गीतलाई संजिव बराइलीले संगीत संयोजन गरेका हुन् ।  भिडियोमा पल शाह र प्रियाना आचार्यको जिवन्त अभिनय रहेको छ।  बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।  भिडियो गीतकार रसाइलीको च्यानल ’नारायण रसाइली अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो ।

कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यम बाट सामाजिक दायित्व पनि पुरा गरिरहेका हुन्छन् भन्ने उदेश्यका यो म्युजिक भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले बताएका छन् ।

Comments

Top