आज मधेस प्रदेशमा 'खुशीयाली' बिदा

2 pradesh

जनकपुरधाम। मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घाेषणा गरिएकाे छ ।

साेमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएकाे हाे । 

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।

Comments

Top