काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ। माओवादी नेताहरुमा कोरोना संक्रमण देखिएपछि माघ ८ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ। साथै स्थायी कमिटी बैठक शनिबार बिहानका लागि बोलाइएको छ।
स्थायी कमिटी सदस्य र आयोगका अध्यक्षहरूको बैठक बोलाइएको हो। स्वास्थ्य मापदण्ड पालना गरी शनिबार बिहान साढे ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने माओवादीले जनाएको छ।
कोरोनाका कारण केन्द्रीय कमिटी बैठक भने स्थगित गरिएको माओवादीले जनाएको छ।
Comments