त्रिकोणात्मक टी-२० सिरिजः नेपालले दियो पीएनजीलाई विशाल लक्ष्य, पीएनजी ब्याटिङमा

ppppp

काठमाडौं । युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमकोआक्रामक ब्याटिङप्रेरित नेपालले त्रिदेशीय टी–२० शृंखलामा पपुवान्युगिनी (पीएनजी) विरुद्ध २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल खडा गर्‍याे । 

नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमातीन चौका र चार छक्कासहित ६६ रन बनाउदा आदिलले ११ बलमा एक चौका र तीनछक्कासहित ३१ रन बनाए । 

त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रनजोडेका थिए । यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे। 

यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भए । पीएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुअ रनोसैना पोकनाले समान एक विकेट लिए । 

नेपाल आजको खेल जित्दै एक खेल अगावै फाइनल पुग्ने योजनामा छ । 

२०४ रनको लक्ष्य पछ्याएको पीएनजीले ताजा स्थितिमा १० ओभरमा २ विकेट गुमाउँदै ८१ रन बनाएको छ । नेपालका लागि दुवै विकेट करण केसीले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित