‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

KP Oli

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते(३० वैशाख) देखाइदिने बताएका छन् । हेटौंडामा एमालेले आयोजना गरेकोकार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी ओली भन्ने गरेको भन्दै ३०वैशाखमा हुने स्थानीय तह निर्वाचनको नतिजाले देखाइदिने बताए । 

‘यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो । त्यो त हामी ३० गतेदेखाइदिन्छौं । त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको,’ ओलीले भने। आफ्नो नेतृत्वको सरकार कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ताबढाउने हिम्मत राखेको ओलीको भनाइ छ । 

वृद्ध भत्ता बढाएर ज्येष्ठ नागरिकको पार्टी एमाले भएको उनको भनाइ छ ।कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएकोस्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताए । 

दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेको वर्तमानसरकार भ्रष्टाचारको चंगुलमा फसेको बताए । अहिलेको सरकारमा रहेकामन्त्रीहरूलाई औलो समाएर हिँड्न सिकाएको ओलीको भनाइ छ । रेडियो टेलिभिजनमागएर पाँच हजार तिरेर कोभिडविरुद्धको खोप लगाएको भन्दै गलत प्रचार प्रसारगर्दै हिँडेको बताए । 

वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यमन्त्रीमा नियुक्तहुँदा पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताएका थिए । उक्तभनाइको खण्डन गर्दै ओलीले निःशुल्क लगाइएको खोपलाई पैसा तिरेर भनिएको बताए। 

Comments

Top