आज बुटवलमा एमालेको शक्ति प्रदर्शन, अध्यक्ष ओलीले सम्बोधन गर्ने

kp-oli

बुटवल । बुटवलमा नेकपा एमालेले आज शक्ति प्रदर्शन गर्ने भएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल आउने भएका छन् । दिउँसो १२ बजे सुरु हुने चुवानी सभालाई पार्टी अध्यक्ष ओलीसँगै उपाध्यक्ष बिष्णु पौडेल, सचिव छविलाल बिश्वकर्मालगायत नेताले सम्बोधन गर्ने छन ।

बुटवलको देवीनगर स्थित वाणिज्य क्याम्पस नजिकै रहेको खुला मैदानमा आयोजना हुने सभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बताए । एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्न लागेको हो ।

Comments

Top