बाबुराम भट्टराईलाई गृहनगर जिताउन धौ धाै !

baburam-4-

गोरखा। स्थानीय निर्वाचनबाट आगामी पाँच वर्षका लागि गोरखामा चार सय ९२ जना नयाँजनप्रतिनिधि चुनिँदैछन् । दुई नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेकोगोरखामा ९४ वटा वडा छ ।  अहिले यी सबै स्थानीय तहमा दलहरू चुनावीप्रचारप्रसारमा व्यस्त छन् । 

जिल्लामा सत्तारुढ दल (कांग्रेस, माओवादी, जसपा र नेकपा एस) कोगठबन्धनका लागि प्रयास भए पनि भागबन्डा मिलेन । सत्तारुण दलका शीर्षनेताहरूको आफ्नो निर्वाचन क्षेत्रमा पकड लिने र साख जोगाउने स्वार्थका कारणगठबन्धन हुन नसकेको हो । 

अहिले कतिपय पालिकामा सत्तारुढ गठबन्धनका दलहरू एकल प्रतिस्पर्धामा छन्भने कतिपय ठाउँमा गठबन्धन पनि गरेका छन् । गठबन्धन नभएको र आफूहरू कमजोरभएको गृहपालिकामा सबै राजनीतिक दलका शीर्ष नेताहरू जोडबलका साथ आफ्नोउम्मेद्वारलाई जिताउने अभियानमा खटिरहेका छन् । 

पालुङटारमा सबैकाे ध्यान

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीडा. बाबुराम भट्टराई गत शुक्रबारदेखि गृहनगर पालुङटारमा चुनावी अभियानमासक्रिय छन् । उनले आफ्नो पार्टीको मेयर पदका उम्मेद्वारलाई जिताउनकांग्रेससँग गठबन्धन गर्ने अनेक तिक्डम अपनाएका थिए । तर, पालुङटारजसपालाई छाड्न कांग्रेस तयार भएन । अन्तत : अहिले त्यहाँ सबै दल एक्लाएक्लैचुनावी प्रतिस्पर्धा गर्दैछन् ।

आफ्ना उमेद्वार जिताउने र आफ्नो गृहनगरमा पार्टीको पकड थप बलियो बनाएरसाख जोगाउने भट्टराईको सपना गठबन्धनले पूरा गर्न सकेन । त्यसैले उनी हप्तादिनदेखि गोरखा नछाडेर पालुङटार केन्द्रित चुनावी प्रचारप्रसारमा व्यस्त छन्। भट्टराईको सचिवालयका अनुसार उनी कहिले बिहान ६ देखि राति १२ बजेसम्मचुनावी कार्यक्रममा सहभागी हुने गरेका छन् ।

तर, पनि उनलाई गृहनगरमा आफ्ना उम्मेद्वार जिताउन निकै धौ धौ पर्नेदेखिन्छ । कारण, मेयर पदका उम्मेद्वार छान्ने विषयमै नगरपालिकामा जसपाकाआन्तरिक टिमबीच झडपसमेत भएको घटना बाहिरियो । त्यो घटनाले पनि त्यहाँजसपाप्रति नकारात्मक सन्देश प्रवाह गरिरहेकै छ । 

यस्तै, पालुङटार कांग्रेसले बाबुराम आफ्नो साख जोगाउन गठबन्धनका लागिशेरबहादुर देउवासँग लम्पसार परेको भन्दै प्रचार गरिरहेकै छ । यसकारण पनिजसपाको क्रेजमा कमी आएको छ कि भन्ने आशंका उब्जाएको छ । यद्यपि अहिलेजसपाले नगरपालिकामा आफूहरू पहिलो शक्तिको रूपमा उदाएको दाबी गर्ने गरेकाछन् । 

२०७४ को स्थानीय तहको मतपरिणाम हेर्दा पालुङटार नगरपालिकामा कांग्रेसपहिलो, माओवादी दोस्रो र जसपा तेस्रो र एमाले चौथौ शक्तिको रूपमा थियाे ।

Comments

Top