भरतपुरमा २९६८ मत गणना हुँदा रेणु दाहाल ९८ मतले अगाडी

Renu

चितवन । भरतपुर महानगरपालिका नगरप्रमुखमा गठबन्धन उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छिन् ।

अहिलेसम्म गणना गरिएको २९६८ मध्ये रेणुले ११०५ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका विजय सुवेदीले १००७ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३८० मत ल्याएका छन् ।

दाहाल सुवेदीभन्दा ९८ मतले अगाडि रहेकी छिन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका चित्रसेन अधिकारीले १२२६ मत ल्याएका छन् भने एमालेकी हिमला गुरुङले ८३० मत प्राप्त गरेकी छिन् ।

Comments

Top