काठमाडौं महानगरमा बालेनको फराकिलो अग्रता

Balen_Sah

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजार भोट कटाएका छन् ।

शाहले आज (आइतबार) १०ः३० बजेको मत परिणामअनुसार २२३८ मत प्राप्त गरेका छन् । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । एमालेका उम्मेदवार स्थापितले १२१९ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली काँग्रेसकी मेयरकी उम्मेदवार सिर्जना श्रेष्ठले १०८१ मत पाएकी छन् । हालसम्म ५ हजार ९८३ मत गणना भएको छ ।

Comments

Top