हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे पुनः निर्वाचित भएकी छिन् ।
पाण्डेले ६ हजार ४ सय ५५ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चेतबहादुर रानाले ५ हजार ७४१ मत ल्याएका थिए ।
पाण्डे हुप्सेकोट एमाले गाउँ कमिटी अध्यक्ष समेत रहेका चेतबहादुर रानामगरलाई पराजित गर्दै दोस्रोपटक पुनः निर्वाचित हुने पहिलो पालिका प्रमुख भएकी छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै पूर्णसिंह रानाले जित हात पारेका छन् । पूर्णसिंहले ६ हजार ७५२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी मनि पाण्डेले ५ हजार ७ सय ३८ मत ल्याएकी छिन् ।
हुप्सेकोटका सबै वडाध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ ।
हुप्सेकोट गाउँपालिकाका १, २, ३, ४, ५ र ६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका हुन् ।
हुप्सेकोटको वडा नं. १ मा नेपाली कांग्रेसका प्रेमबहादुर घर्ती, २ मा कृष्णबहादुर थापा, ३ मा विष्णु राना, ४ मा महेन्द्र पाण्डेय, ५ मा पदमबहादुर राना र वडा नं। ६ मा छामबहादुर सोमै विजयी भएका छन् ।
एक वडा सदस्यबाहेक हुप्सेकोटका सम्पूर्ण पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । वडा नं. २ को सदस्यमा एमालेका लिलाबहादुर ठाडाले जित हात पारेका छन् ।
Comments