काठमाडौंमा बालेनले कटाए १० हजार मत

Balen_Sah

काठमाडौँ। काठमाडौँ महानगरको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार मत कटाएका छन्।

शाहले १० हजार १० मत ल्याउँदा एमालेका केशव स्थापितको पाँच हजार तीन सय चार मत ल्याएका छन्।

कांग्रेसकी सिर्जना सिंहले भने चार हजार छ सय पाँच मतमात्रै ल्याएकी छन्। मेयरमा अरू उम्मेदवारहरूले भने नगन्य मत पाएका छन्।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोल प्रतिद्वन्द्वीभन्दा धेरै अगाडि रहेकी छिन् ।

Comments

Top