चितवन । चितवनस्थित भरतपुर महानगरपालिकामा अहिलेसम्म १९ हजार तीन सय ८३ मत गणना सकिएको छ।
यहाँ अहिले गठबन्धनकी साझा उम्मेदवार तथा माओवादीकी रेणु दाहालले अग्रता कायमै राखेकी छन्। उनले ६५२४ मत ल्याएकी छन्।
उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६३२६ मत ल्याएका छन्। त्यस्तै कांग्रेसका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३१८१ मत ल्याएका छन्।
त्यस्तै उपमेयरमा पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारीले ७९३९ मत ल्याएका छन्। उनलाई राप्रपाकी हिमला गुरुङले ५१९७ मतका साथ पछ्याइरहेकी छन्।
Comments