सांसद बस्नेतको वडामा एमालेद्वारा गठबन्धन 'क्लीनस्वीप'

gundu-722

भक्तपुर। नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको गृहवडामा नेकपा एमालेका उम्मेदवारले सानदार जित हात पारेका छन् ।

बैशाख ३० गते सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रममा आज राती गणना सम्पन्न हुँदा सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा एमालेले अत्याधिक मतका साथ प्यानल नै विजयी भएको छ । एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार रविन्द्र सापकोटाको नेतृत्वमा रहेको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।

सापकोटाले गठबन्धनबाट वडाध्यक्षमा उम्मेदवारी हरि बहादुर खड्कालाइ पराजित गरे । सापकोटाले १७३१ मत ल्याउँदा कांग्रेसका खड्काले १०८६ मत ल्याएका थिए ।

वडामा एमालेबाट सापकोटाको नेतृत्वमा महिला वडा सदस्य गीता बस्नेत, दलित महिला वडा सदस्य सन्तोषी परियार, खुल्ला सदस्य ईश्वर थापा, उमेश कार्की सहित पुरै प्यालन भारी मतान्तरका साथ निर्वाचित भएका छन् । यो सँगै गठबन्धनलाई गुण्डुमा एमालेले क्लिन स्वीप बनाएको छ ।

नेता बस्नेतको गृह वडा भएकाले गठबन्धनले सबै शक्ति खन्याएर हराउने रणनीति बनाएपनि जनताको बिचमा गठबन्धनले जीत हासिल गर्न सकेन ।

Comments

Top