३८५ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कांग्रेस १७८, एमाले १०९ र माओवादी ७७ प्रमुखमा विजयी

election_result 3 parties

काठमाडौं । ७५३ स्थानीय तहमध्ये ३८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार ती तहमध्ये नेपाली काग्रेसले ४६ नगरपालिका प्रमुख १३२ गाउँपालिका अध्यक्ष गरी १७८ तहमा विजय हासिल गरेको छ।

एमाले १०९ स्थानीय तहमा विजयी भएको छ। उसले २५ नगरपालिका प्रमुख र ८४ गाउँपालिका अध्यक्ष जितेको हो। यस्तै नेकपा (माओवादी केन्द्र)ले ७७ तहमा जित हासिल गरेको छ । उसले ६८ वटा गाउँपालिका अध्यक्ष र ९ वटा नगरपालिका प्रमुख जितेको छ।

त्यसैगरी जनता समाजवादी पार्टी ५ गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ। नेकपा (एकीकृत समाजावादी)ले एउटा नगरपालिका प्रमुख जितेको छ । साथै अन्यले ४ नगरपालिका प्रमुख र ११ गाउँपालिका अध्यक्ष जितेका छन्।

Comments

Top