बालकुमारीमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

Accident

ललितपुर । ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन् । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान३ बजे बिएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ०४९१नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका युवकलाई गएराती सवा ९ बजे ठक्करदिएको थियो । 

मोटरसाइकल सहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

Comments

Top