छुटे अभिनेत्री मिरुनालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा

phurba

काठमाडौं । कबड्डी–४ की  अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनलाई पक्राउ गरेको विरोधमा अहिले मिरुनाविरुद्ध प्रदर्शन भइरहेको छ । चाबलिलको केएलटावरस्थित फिल्महलमा कबड्डी–४ को प्रदर्शन बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित