अतिवादीद्वारा बुर्किना फासोमा ५६ सर्वसाधारणको हत्या

Burkinafaso

बुर्किनाफासो । बन्दुकधारीहरूले उत्तरी बुर्किना फासोमा सप्ताहन्तमा कम्तिमा ५६ जनाको हत्या गरेका छन् । पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका मुस्लिम चरमपन्थीले सो हमला गरेको अधिकारीहरूले बताएका छन् ।

संदिग्ध अतिवादीले सेनो प्रान्तको सेतेंगामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्ता वेन्डकौनी जोएल लियोनेल बिल्गोले एक पत्रकार सम्मेलनमा बताए  । सरकारले आक्रमणमा ५५ जना मारिएको जनाएको छ ।

विशेष गरी उत्तरी बुर्किना फासोमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका आक्रमणहरू बढिरहेका छन् ।  सन् २०२१ को जुनमा सोल्हान सहरमा भएको आक्रमणमा जिहादीहरूले कम्तिमा १६० जना मारेका थिए । 

जनवरीमा विद्रोही सिपाहीहरूले राष्ट्रलाई सुरक्षित गर्ने वाचा गर्दैलोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई हटाएका छन् । तर, हिंसा झनबढेको छ । सरकारले विद्रोही विरुद्धको लडाइमा एकताबद्ध हुन जनतालाई आग्रहगरेको छ ।

 

Comments

Top