वर्थ डे पार्टीमा आगलागी हुँदा ८ जनाको मृत्यु

fire

तेहरान । तेहरानबाहिर जन्मदिनको भोज आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागीहुँदा धुवाँको मुस्लोबाट आठ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चारजना बालबालिका रहेका सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएकोसरकारी समाचार संस्था आइआरएनएले जनाएको छ । तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालककोअस्पतालमा मृत्यु भएकाे छ। ’

काउन्टी अभियोजक हमिद असगरीले आगो रेस्टुरेन्टमा तीब्र फैलिएको बताए ।

Comments

Top