प्रतिनिधिसभा आज बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

samsad

काठमाडौं । बिहीबार पनि प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

बैठकमा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसअघि बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, शहरी विकास मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, अर्थ मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रीलगायतले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिएका थिए।

 

Comments

Top