एसीसी महिला टी-२०: भुटानविरूद्ध नेपालको शानदार जित

bhuta

 

काठमाडौं । नेपालले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराउँदै सुखद सुरुआत गरेको हो ।

मलेशियाको यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो । भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक१६ रन जोडिन । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन जोडिन ।पेमा सोल्डेनले ४ रन बनाईन ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीताराईले ४ विकेट लिईन । यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य,सिताराना मगर र इन्दु वर्माले १/१ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडिन् ।कप्तान रुबिना क्षेत्रीले २१ रन जोडे भने डोली भट्टले ५ रन बनाए ।

सिता मगरले ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे सुन्य रनमा आउट भए । कविता कुँवर १ रनमा अविजित रहिन् ।

भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले १/१ विकेट लिए ।

च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार  बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

Comments

Top