काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी—ट्वान्टी च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपालले जित हात पारेकोछ । यससँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले २ विकेट गुमाउँदै पूरा गरेको हो ।
बहराईले पहिले ब्याटिङ गर्दै ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । नेपालका लागि कविता कुँवर र सबनम राईले २/२ विकेट लिए भने अस्मिना कर्माचार्यले १ विकेट लिएकी थिइन् । बहराइनका लागि इशारा सुहुनले ६ रन बनाइन् भने थरांगा जगानायाकेले २ रन बनाएकी थिइन् । त्यस्तै रसंगिका हेरर्थ र शशिकला प्रकाशले पनि २/२ रन बनाएका थिए ।
१५ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले पहिलो विकेट इन्दु बर्मा शुन्य रन बनाउँदै आउट भएकी थिइन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले पनि शुन्यरनमा नटआउट रहिन् भने सिता रानामगरले ४ रन बनाइन् त्यस्तै कविता जोशीले ३ रन बनाउँदा ८ रन अतिरिक्त रन पाएको थियो ।
नेपालले अब अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी—ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
Comments